काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कैलालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजपा सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय तोकेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
रेशम चौधरीमाथि आजीवन काराबास फैसलापछि राजपाको आपतकालिन बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । आज कैलाली जिल्ला अदालतले रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।
उक्त फैसलापछि बसेको राजपा आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो । दुईतिहाई बहुमतको सरकारलाई समर्थन फिर्ता दिने राजपाको यस्तो निर्णयसँगै सरकारलाई धक्का लागेको छ ।





























प्रतिक्रिया