बालुवाटारमा सर्वदलीय बैठक जारी

बालुवाटारमा सर्वदलीय बैठक जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको शुरूमै सहभागी नेताहरूलाई स्वागत गर्दै आजको बैठक आयोजना गर्नु पर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए ।

उनको जोड कोभिड १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका छन् । सर्वदलीय बैठक बस्नु अघि आज मन्त्रिपरिषद् बैठक पनि बसेको थियो ।

देशभर राजावादीहरुको प्रदर्शन हुन थालेपछि प्रधानमन्त्रीले यस विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठकबारे नेकपा स्थायी कमिटी बैठकमा पनि कुरा उठेको थियो । यसका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरिरेका छन् ।

यस अघि नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा कायम रहेको सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ गते पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।

Skip This
Skip This
Logo