काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानकासाथ अन्त्यष्टि गरिने भएको छ । आईतबार बसेको मन्त्रीपरिषद् बैठकले पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीलाई राजकीय सम्मानकासाथ सलामी दिएर अन्त्यष्टि गर्ने निर्णय गरेको हो ।
अब अधिकारीलाई सरकारको तर्फबाट स्थापित मान्यताकै आधारमा आर्यघाटमा सलामी दिईने भएको छ । नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पतालमा निधन भएको थियो ।
उनको पार्टीव शरिरमा नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराईरहेका थिए ।
तत्कालिन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँ जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चार पटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।





























प्रतिक्रिया