रसुवा पुगेका कांग्रेसी नेताहरु सांस्कृति कार्यक्रम हेरेर फर्किए

रसुवा पुगेका कांग्रेसी नेताहरु सांस्कृति कार्यक्रम हेरेर फर्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यो साता चर्चामा आएका नेता हुन्, नयाँ शक्ति पार्टीका सांसद प्रेम तामाङ । उनी नेपाली कांग्रेसमा प्रवेश गर्ने कुराले सबैतिर चर्चा चलेको थियो । राष्ट्रिय राजनीतिमा शिथिल भईरहेको बेला नयाँ शक्ति पार्टीका सांसद तामाङसहित ५ हजार कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम तय भएको थियो । सोही अनुसार फाुगन १३ गते रसुवाको कालिकास्थानमा कांग्रेसले भव्य कार्यक्रमको आयोजना गर्‍यो ।

पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहित प्रभावशाली युवा नेताहरु विश्वप्रकाश शर्मा र गगन थापासमेत हेलिकोप्टर चढेर प्रेम तामाङलाई पार्टी प्रवेश गराउन कालिकास्थान पुगे । सबै कांग्रेस नेताहरु निर्धारित समयमै कार्यक्रम स्थल पुगेका थिए । तर, कार्यक्रमका मुख्य आकर्षक बनेका प्रदेश ३ का सांसद तामाङ नै कार्यक्रममा आएनन् ।

उनलाई लामो समयसम्म कुरेर बसे । तरपनि उनी आएनन् । त्यसपछि कांग्रेस नेताहरु सांस्कृतिक कार्यक्रम हेरेर बसे । मुख्य आकर्षक बनेका नेता तामाङ नै कार्यक्रममा नआएपछि उनीहरु निराश मुद्रामा काठमाडौं फर्किए ।

कांग्रेसलाई किन किन धोका दिए तामाङले ?
उनले पार्टी प्रवेशको वचन दिएर पनि किन गएनन् भन्ने कुरा अहिले सबैको चासोका विषय बनेको छ । उनी कांग्रेसमा प्रवेश गर्न लागेको भन्ने खबर केही दिन अघि नै सार्वजनिक भएको थियो । त्यसपछि नयाँ शक्तिले उनलाई कारवाही गरेको थियो ।

पार्टी प्रवेश गर्न लागेको जानकारी केन्द्रलाई गराएपछि नयाँ शक्ति पार्टीले उनलाई निलम्बन गरेको थियो । तर उनी किन कांग्रेस पार्टी प्रवेश गर्नबाट रोकिए भन्ने जानकारी हुन सकेको छैन् । यस विषयमा उनीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

माओवादी आन्दोलनबाट उदाएका तामाङ ०६४ मा रसुवाबाट सभासदमा निर्वाचित भएका थिए । नयाँ शक्ति पार्टीले देशव्यापी रुपमा हार व्यहोर्दा तामाङले सान्त्वना जित निकालेर इज्जत जोगाइदिएका थिए । तामाङकै प्रभावले रसुवाको केही स्थानीय तहमा नयाँ शक्तिले गत स्थानीय तह निर्वाचनमा विजय हासिल गरेको थियो ।

Skip This
Skip This
Logo