वर्तमान अवस्थाको कारक नेकपा द्वन्द : ठाकुर

वर्तमान अवस्थाको कारक नेकपा द्वन्द : ठाकुर

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन् । राष्ट्रिय इञ्जिनीयर संघको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उनले सत्ताधारीद्वारा संकट उत्पन्न गरी संविधानमाथि नै प्रहार हुने कार्य भएको आरोप लगाएका हुन् ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि परेको संकटकै कारण संसद् विघटन गर्न पुगेको आरोप लगाउँदै प्रधानमन्त्रीले संकट उत्पन्न गरी आफूलाई ठूलो राष्ट्रवादी भन्न रुचाउने र संसद् पुनःस्थापना गर्नेलाई उनी ठूलो राष्ट्रद्रोही ठान्ने बताए ।

उनले संघीय संरचना प्राप्त भए पनि शासन विभेद् गर्नेहरूको हातमा भएकाले त्यसको प्रतिफल प्राप्त हुन सकेको नसकेको बताए । सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनताका लागि संविधान र व्यवस्था आउन नसकेका कारण देशमा पटक पटक समस्या उत्पन्न हुने गरेको धारणा राखे ।

 

Logo