प्रधानमन्त्रीद्वारा मंगलबार सर्वदलीय बैठक आव्हान

प्रधानमन्त्रीद्वारा मंगलबार सर्वदलीय बैठक आव्हान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बैठक विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

देशभर राजावादीहरुको प्रदर्शन हुन थालेपछि उनले यस विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठकबारे हिजो बसेको नेकपा स्थायी कमिटी बैठकमा पनि कुरा उठेको थियो । यसका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरिरहेका छन् ।

Logo