राष्ट्रपति पौडेलसँग विपक्षी दलका नेताहरूले गरे भेट

राष्ट्रपति पौडेलसँग विपक्षी दलका नेताहरूले गरे भेट

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग विपक्षी दलका नेताहरूले भेटवार्ता गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बुधबार अपराह्न शीतल निवासमा पुगेर राष्ट्रपतिलाई भेटेका हुन् । सो क्रममा उनीहरुले सरकारबाट भएका कमीकमजोरीबारे जानकारी गराएका थिए ।

भेटमा माओवादी अध्यक्ष प्रचण्डसहित उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापा मगर सहभागी थिए ।

Logo