‘लुट्न सके लुट’ प्रतिबन्धपछि पशुपतिको ‘आईजा ओई काल’ चर्चामा

‘लुट्न सके लुट’ प्रतिबन्धपछि पशुपतिको ‘आईजा ओई काल’ चर्चामा


काठमाडौं । ‘लुट्न सके लुट’ मा प्रतिबन्ध लागिरहेको बेला गायक पशुपति शर्माको अर्को गीत ‘आईजा ओई काल’ चर्चामा आएको छ । ‘लुट्न सके लुट’ मा समावेश गरिएका केही शब्द आपत्तिजनक भएको भन्दै विरोध आएपछि पशुपतिले उक्त गीत युट्युवबाट हटाएका थिए ।

उक्त गीत हटाएपछि १ वर्षअघि अपलोड गरिएको ‘आईजा ओई काल’ चर्चामा आएको हो । उक्त गीतलाई साढे ५ लाख भन्दा बढीले हेरिसकेका छन् ।

‘लुट्न सके लुट कान्छा’ मा राष्ट्रपति डेढ अर्बको हेलिकोप्टरमा चढ्ने, नेतापछि लाग्ने कार्यकर्ता कुकुरको संज्ञा दिएका पशुपतिले देश लुट्नेलाई काललाई लैजान भनेका थिए ।

उक्त गीतमा पशुपतिले देश बर्बाद पार्नेलाई नर्कतिर लैजान काल बोलाएका थिए । समाजमा घट्ने गरेका विभिन्न घटनाहरुलाई समेटेर गीत गाउन सिपालु गायक शर्माले समसामयिक गीतका माध्यमबाट देश बर्बाद पार्नेलाई लैजान काल बोलाएका थिए ।

उक्त गीतमा शर्माले लामो समयसम्म देशलाई लोडसेडिङ गर्नेलाई लैजान काललाई बोईलाएका थिए । त्यस्तै विमानस्थलबाट समातिएको ३३ किलो सुनको कुरा समेत समावेश गरिएको थियो ।

भष्ट्रचारी र देश लुट्नेलाई काल आएर नर्क लैजानका लागि शर्माको माग थियो । गीतमा पशुपति शर्मा र काल तथा यमराजको भूमिकामा श्री कृष्ण बम मल्लले अभिनय गरेका छन् । गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने प्रबिन भट्टको सम्पादन गरेका हुन् ।

Logo