सपनालाई यथार्थमा रुपान्तरण गर्छुःप्रधानमन्त्री (भिडियोमा)

सपनालाई यथार्थमा रुपान्तरण गर्छुःप्रधानमन्त्री (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखिको मुलुकको विकास र समृद्धिको अटूट सपनालाई यथार्थमा रुपान्तरण गर्न सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गरेका छन् ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार सैनिक मंच, टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको दशकौंदेखिको सपनालाई पूरा गर्न सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन पुनः आह्वान गरेका हुन् ।

त्यस अवसरमा उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवगाथाको उल्लेख गर्दै जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गर्न सफल भएकोमा गौरवको अनुभूति भएको पनि स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार “समृद्ध नेपाल, सुखी नेपाली”को ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको पनि दोहो¥याएका छन् ।

उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा मित्र राष्ट्रहरुको सहकार्य हुने अपेक्षा गरिएको पनि बताए । ‘स्वदेश र विदेशका लगानीकर्ताहरुको संलग्नतामा आउँदो चैत महिना लगानी शिखर सम्मेलनको आयोजना गरिंदैछ ।

लोकतन्त्र प्राप्तीको ७ दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रहरुको पनि नैतिक समर्थन प्राप्त गरेका थियौं । यसका लागि म हार्दिक अभार व्यक्त गर्न चाहन्छु ।

समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रहरुको समेत सङ्लनता हुने र लगानी शीखर सम्मेलनमार्फत् विकास अभियानमा पनि पनि सहकार्य हुने’ प्रधानमन्त्री ओलीको   विश्वास छ ।

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने दुस्प्रयास भईरहेको उल्लेख गर्दै त्यस्ता तत्वविरुद्ध कडाईका साथ प्रस्तुत हुने पनि स्पष्ट पारे । उनले मुलुकलाई पछाडि फर्काउने कुचेष्टा नगर्न पनि सबैलाई सचेत गराए ।

प्रधानमन्त्री ओलीले द्धन्द्ध व्यवस्थापन आफ्नै मौलिक ढंगले गरेर नेपालले आफ्नो प्रतिष्ठा अन्तराष्ट्रिय क्षेत्रमा समेत कमाएको पनि स्मरण गराए ।

विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपरराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक अंगका प्रमुखहरुलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अंकित व्यानर प्रर्दशन, पुष्पवृष्टि पनि गरिएको थियो । समारोहमा हर्षबढाईसहित बेलुन र परेवासमेत उडाइएको थियो । त्यस अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी बल, नेपाल स्काउट लगायतका संघसंस्थाहरुले मार्चपास पनि गरेको थियो । समारोहमा काठमाडौं, ललितपुर र भक्तपुरका सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।

Skip This
Skip This
Logo