काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि बनेको कुनै सरकारले नगरेको काम माओवादी केन्द्रको सरकारले गरेको दावी गरेका छन् ।
शनिबार काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा माओवादी सरकारले ल्याएको बताएका हुन् ।
उनले भने, ‘हामीले भ्रष्टाचारकोविरुद्घ ठूलो अभियान सञ्चालन गर्यौं । ठगीकाविरुद्घ ठूलो अभियान सञ्चालन गर्यौं । राज्यलाई लुट्नेहरुका विरुद्घ ठूलो अभियान गर्यौं । हामी दावाका साथ भन्न सक्छौँ देशमा राणा शासनको अन्त्य पछाडि २००७ सालदेखि कुनै सरकारले नगरेको काम सरकारले ग¥यो । भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा ल्यायौं । त्यतिखेर भनियो, यो प्रधानमन्त्री र गृहमन्त्री रहँदासम्म सुत्न नपाइने भो, नीद हराम भो भनियो । भ्रष्टाचारीहरू, ठगहरू, राज्य लुट्नेहरू त्यसो भन्थे । हामीले त्यतिखेर भनेका थियौं जनताले सुखका साथ आनन्दले सुत्ने दिन सुरुवात भएको छ, हामी त्यो चाहन्छौं ।’
साथै उनले अहिलेका सरकारमा रहेका व्यक्तिहरु राज्य लुटिरहेका कारण निद हराम हुनुपर्ने बताए । उनले निद्रा जोगाउन चाहे भ्रष्टाचार गरेकाहरु पुलिस कहाँ आत्मसमर्पण गर्न समेत आग्रह गरे ।































प्रतिक्रिया