रवि पक्राउ प्रकरणमा प्रचण्डले भने- सरकारको यो रवैया बेठीक छ

रवि पक्राउ प्रकरणमा प्रचण्डले भने- सरकारको यो रवैया बेठीक छ

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा सरकारले प्रतिपक्षीमाथि राजनीतिक पूर्वाग्रह राखेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्ने सरकारको व्यवहारप्रति प्रश्न उठाएका हुन् ।

उनले भने, ‘प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने, नेपाली कांग्रेसको पनि नाम छ, त्यो नामलाई पनि केही गर्न नपर्ने, राजनीतिक पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई मात्र गिरफ्तार गर्ने सरकारको तरिका बेठीक छ ।’

Logo