काठमाडौंमा आज पनि रास्वपाको आन्दोलन

काठमाडौंमा आज पनि रास्वपाको आन्दोलन

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध आज पनि विरोध प्रदर्शन गरेको छ ।

लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन जारी राखेको हो ।

प्रदर्शनमा सहभागीहरुले अधिनायकवाद चल्दैन, प्रतिवेदन के भन्छ–८७ अर्ब ले भन्छ, दुई तिहाइको दम्भ चल्दैन, सत्ताको दुरुपयोग बन्द गर,सरकार तिम्रो पाराले दुःख पाए साराले लगायतका प्ले कार्डहरु बोकेर नारा जुलुस लगाएका थिए ।

रास्वपाले यसअघि पोखरामा निरन्तर आन्दोलन गर्दै आएको थियो भने शुक्रबारदेखि काठमाडौं केन्द्रित गरेर विरोधका कार्यक्रम गर्दै आएको छ ।

Logo