रवि लामिछानेलाई न्याय दिन र थुना बाहिर राखेर अनुसन्धान गर्न माग

रवि लामिछानेलाई न्याय दिन र थुना बाहिर राखेर अनुसन्धान गर्न माग

केन्द्रबिन्दु
135
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले रवि लामिछानेलाई न्याय दिन र थुना बाहिर राखेर अनुसन्धान गर्न गृहमन्त्रीसँग अनुरोध गरेकी छिन् ।

राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले लामिछानेको मुद्दामा निष्पक्ष र न्यायसङ्गत छानबिन गर्न माग गरेकी हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायालयलाई प्रभावित पार्न नखोजिएको बताएकी छिन् । सांसद कार्कीले भनिन्– ‘रास्वपाले न्यायालयलाई प्रभावित गर्न खोजेको होइन । १२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो । रवि लामिछानेको मुद्दा अदालतमा पुगेको छैन । अहिले प्रहरीमा मात्र पुगेको हो । हामीले आन्दोलन गलत मनसायले गरेको हैन ।’

Logo