वीरगन्जमा कोइराला परिवारका ३ नेतालाई १२१ किलोको एउटै माला

वीरगन्जमा कोइराला परिवारका ३ नेतालाई १२१ किलोको एउटै माला

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज । वीरगन्जमा कोइराला परिवारका तीन नेतालाई १२१ किलोको एउटै मालाले स्वागत गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक, नेताहरु सुजाता र शेखर कोइरालालाई एउटै मालाले सम्मान गरिएको हो।

कांग्रेसका पूर्व सभापति स्वर्गीय कोइरालाको नामको फाउन्डेसनको कार्यक्रममा पुगेका नेतालाई एउटै मालाले सम्मान गरिएको हो । शनिबार कोइराला परिवारका तीन नेता फोटो प्रदर्शनी र तथा विचार गोष्ठी कार्यक्रममा सहभागी हुन् वीरगन्ज पुगेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले कांग्रेसमा कोइराला परिवार एक भएको उद्घोष गरेका थिए । उनीहरुले काग्रेस भित्रको विवाद अन्त्य भएपछि मात्र कांग्रेस बलियो हुने लोकतन्त्रको रक्षा गर्न सकिने तर्क गरेका थिए ।

Logo