अब देशमा भूमिहीन रहँदैनन् : मन्त्री अर्याल

अब देशमा भूमिहीन रहँदैनन् : मन्त्री अर्याल


जीतपुर

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अब देशमा भूमिहीन रहँदैनन् भन्ने बनाउन सरकार लागिरहेको बताउनुभयो ।

‘दोस्रो बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक पर्यटन तथा औद्योगिक प्रदर्शनी’ को शुक्रबार कपिलवस्तुमा उद्घाटन कार्यक्रममा मन्त्री अर्यालले जनताले सरकारको कामलाई जाँच गरिरहेको बताउनुभयो । उहाँले १६५ कानून सङ्घीयतासँग जोडेर निर्माण गर्नु भनेको सानो कुरा नभएको र सरकार सङ्घीय संरचनामा गएकाले नयाँ अभ्यासमा केही समय खर्च भएको बताउनुभयो । दिगो विकास, समृद्धिसँग जोडेर धेरै महत्वपूर्ण कार्यक्रम सरकारले घोषणा गरेको मन्त्री अर्यालको भनाइ थियो । संविधानमा लेखिएका कुरा जनताले उपभोग गर्न पाउने वर्षका रुपमा सरकारले अगाडि बढाएको उहाँले बताउनुभयो ।

‘कृषि, उद्यम, व्यापार, पर्यटन, संस्कृति र स्वरोजगार आत्मनिर्भर सीपयुक्त सबल र समृद्ध नगर’ नाराका साथ औद्योगिक प्रदर्शनी शुरु भएको हो । ‘युथ एलाइन्स फर चेञ्ज’ नामक संस्थाले स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको हो । संयोजक अनिल अधिकारीका अनुसार महोत्सवमा १५० कक्ष रहेको छ । महोत्सव फाुगन १२ गतेसम्म चल्नेछ ।
रासस

Logo