उज्ज्वल थापाले थपे ५ केन्द्रीय सदस्य, प्रवक्तामा मिलन पाण्डे

उज्ज्वल थापाले थपे ५ केन्द्रीय सदस्य, प्रवक्तामा मिलन पाण्डे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीले केन्द्रीय सदस्य विस्तार गरेको छ । अध्यक्ष थापाको अध्यक्षतामा बसेको बैठकले ५ जनालाई केन्द्रीय सदस्य बनाएको हो । ज्योति परियार, रामजी राम, प्रतिभा डंगोल, रजिया वानु र जमुना सुवेदीलाई केन्द्रीय सदस्यमा थप गरेको हो ।

परियार बाँके, राम पर्सा, डंगोल मकवानपुर, वानु काठमाडौं र सुवेदी रुपन्देहीकी हुन् । छुट्टै दल दर्ता गर्न चाहिने न्यूनतम २१ जना केन्द्रीय सदस्य नपुगेपछि केन्द्रीय सदस्य थप गरिएको अध्यक्ष थापाको भनाई छ ।

त्यस्तै दलको प्रवक्ताको जिम्मेवारी मिलन पाण्डेलाई दिएको छ । दल दर्ता प्रयोजनका लागि दलका पदाधिकारीका रुपमा अध्यक्षमा उज्ज्वल थापा, उपाध्यक्षमा अजिता राई, महासचिवमा गोविन्द नारायण तिमिल्सिना र कोषाध्यक्षमा सुवुना बस्नेतलाई राख्ने निर्णय गरिएको छ ।

गत पुष २७ गते वैकल्पिक राजनीति गर्ने भन्दै आएको विवेकशील साझा पार्टी विभाजित भएको थियो । पार्टीका दुई संयोजकमध्ये एक संयोजक उज्ज्वल थापाले पार्टीबाट अलग भएको घोषणा गर्दै नयाँ दल खोलेका थिए ।

गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि उज्ज्वल थापा नेतृत्वको विवेकशील र रविन्द्र मिश्रको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो । एकताको डेढ वर्ष पनि नपुग्दै मिश्र र थापा अलग्गिएका थिए ।

Logo