सांसद शर्माले वन राज्य मन्त्री विकसँग लगाए भाइटिका

सांसद शर्माले वन राज्य मन्त्री विकसँग लगाए भाइटिका

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । ‘मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन’ महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित यो श्लोकको यर्थाथ चित्रण नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माले गरेका छन् ।

मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्माले यसपालिको भाइटिकामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा वन राज्य मन्त्री रुपा विश्वकर्माको हातबाट टिका लगाएर मानविय धर्मको ज्वलन्त उदाहरण पेस गरेका हुन्।

सांसद शर्माले मन्त्री विकसँग भाइटीकामा जोडिएको दाजुबहिनीको पवित्र सम्बन्ध जुगौँजुगसम्म जीवन्त रहोस् भनी कामनासहित सामाजिक सञ्जालमा राखेका छन्।

मन्त्री विकले शनिबार डा.शर्मालाई फोन गरेर टीकाका लागि निम्तो गरेपछि केही समय आफू भावविह्लल भएको र निम्तो सहजै स्वीकारेर मन्त्री विकको हातको टीका लगाउन मन्त्री क्वार्टरमा पुगेको उनले बताए ।

सांसद सुनिल कुमार शर्माको फेसबुक स्टाट्स…
ललितपुरको भैसेपाटिमा दिदि अम्विका शर्मा घिमिरेसँग भाइटीका लगाएको छु। दिदिभाईको पवित्र माया र स्नेह जिवनको अमुल्य चिज हो । सवै दिदिवहिनिहरुलाई भाइटिकाको शुभकामना।

Skip This
Skip This
Logo