काठमाडौं । विद्यार्थी आन्दोलनदेखि अहिलेको मुल राजनीतिमा सक्रिय छन्, राजीव पहारी । २०३३ सालमा जन्मिएका पहारी यतिबेला गण्डकी प्रदेशको प्रदेशसभा सदस्य छन् । देशमा पञ्चायतको दवदवा रहेका बेला तेह्र वर्षको कलिलो उमेरमै २०४६ सालको जन आन्दोलनमा सहभागी भए ।
२०४८ सालमा पहारीले अध्यँन गरेको तालवाराही मावीमा भएको विद्यार्थी आन्दोलनको अगुवाई गरे । विद्यालय स्तरीय अध्यँन सकेर २०५० सालमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्राक कमिटी सदस्य हुदै २०५३ मा अनेरास्ववियु कास्की जिल्ला कमिटी कोषाध्यक्ष सचिव हुँदैं अध्यक्ष बने ।
उनी विधार्थी हक हितको सवालमा सबै अग्र मोर्चामा रहेर काम गरे । पृथ्वी नारायण क्याम्पसमा सवै विद्यार्थीहरुले अनिवार्य ड्रेस लगाउनु पर्छ भनेर आन्दोलननै चलाए जस्ले गर्दा पहारी स्ववियु उप सभापति हुदै २०५७ सालमा देशकै सबै भन्दा बढी विधार्थी अध्यन गर्ने पृथ्वीनारायण बहुमुखी क्याम्पस स्ववियु सभापति बने ।
वि।स २०५७ देखि उनी अनेरास्वियुको केन्द्रीय कमिटी सदस्य हुदै शैक्षिक बिभाग प्रमुख बने । २०५८ देखि नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्य र विधार्थी ईन्चार्ज २०६० देखि नेकपा एमाले कास्की जिल्ला कमिटि सचिबालय सदस्य र प्रचार बिभाग प्रमुख बने ।
देशमा निरुकुष राजतन्त्रको विरोधमा पोखराको पृथ्वीनारायण क्यापसमावाट शुरुवात भइको हस्ताक्षर अभियानमा पाच लाख जनाले सहभागीता जनाएपछि उनी झन राज्य विरुद्ध शंकाको घरेमा रहे । देशमा गणतन्त्र स्थपानाका लागी २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनको पश्चिमाञ्चल क्षेत्रको युवा विद्यार्थीहरुको सयुक्त जनआन्दोलन युवा विद्यार्थी परिचालन समितिको संयोजक भए कमाण्ड गरे ।
आन्दोलनको नेतृत्व गरेको भन्दै तत्काली सरकाले ५ महिना जेलमा राख्यौ । २०६६ देखि २०६९ युवा संघ नेपाल केन्द्रीय सचिब एवम विदेश बिभाग प्रमुख काम समालेका पहारी युवा संघ नेपालको केन्द्रीय महासचिब हुदै २०७२ असोज १६ देखि युवा संघ नेपालको केन्द्रीय अध्यक्ष बने । उनले आफ्नो राजनीति कालमा के कस्ता समस्या भोगे त ? उनैसँग गरिएको कुराकानी तलको भिडियोमाः





























प्रतिक्रिया