नेविसंघको कार्यसमिति भंग, सबै पदाधिकारीको मनोनयन बदर

नेविसंघको कार्यसमिति भंग, सबै पदाधिकारीको मनोनयन बदर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग गरिएको छ । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमिति भंग गर्ने निर्णय गरेको हो ।

बैंठकले महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी लिए । यससँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएका छन् ।

यसअघि नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार राजीनमा गरेका थिए भने केही समय अघि ७ जना पदाधिकारीले राजीनामा दिएका थिए ।

Logo