काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ ।
कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने छ ।
साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।





























प्रतिक्रिया