नेपाली कांग्रेसले प्रतिनिधिसभाकाे आजकाे बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएकाे छ। कांग्रेस सांसद डिला संग्रौला पन्तले बढ्दाे सडक दुर्घटना न्युनीकरण सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्न लागेकी हुन् । "/>

कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै (लाइभ)

कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै (लाइभ)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रतिनिधिसभाकाे आजकाे बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएकाे छ। कांग्रेस सांसद डिला संग्रौला पन्तले बढ्दाे सडक दुर्घटना न्युनीकरण सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्न लागेकी हुन् ।

राष्ट्रसंघीय दिगो विकास लक्षले तोकेको २०२० भित्र सडकजन्य दुर्घटनामा परेर ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या घटाउन ‘राष्ट्रिय सडक सुरक्षा कार्ययोजना, २०१३–०२०’ कार्यान्वयन गरियोस् भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ । उक्त प्रस्तावमा सांसदहरु सञ्जयकुमार गौतम र रंगमति शाहीले समर्थन जनाउने बताइएकाे छ।

प्रस्तावमा सवारी तथा यातायात व्यवस्था ऐन र सवारी तथा यातायात व्यवस्था नियमावलीका आधारमा यातायात व्यवस्थापन भइरहेको भन्दै सडक सुरक्षाको व्यवस्थापन, शिक्षा र सचेतनामार्फत सडक प्रयोगकर्तालाई सुरक्षित बनाउन माग गरिएकाे छ। सांसद पन्तले सडक दुर्घटनामा परेर मृत्यु वा घाइते हुनेको तथ्यांक पछिल्लो ५ वर्षमा भयावह रुपमा बढिरहेको भन्दै दुर्घटना रोक्न आवश्यक कदम चाल्नु पर्ने माग गरेकी छिन् ।

Logo