महानगरपालिकाभित्रका सम्पदाहरूलाई विकासको नाममा विनास गर्नुहुँदैनः मेयर महर्जन

महानगरपालिकाभित्रका सम्पदाहरूलाई विकासको नाममा विनास गर्नुहुँदैनः मेयर महर्जन

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ति (बीईईएन) परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

शुक्रबार बसेको नेपालमा बिल्डिङ इनर्जी इफिसिएन्सी परियोजनाको विस्तृत बैठकलाई सम्बोधन गर्दै उनले महानगरपालिकाको निम्ति बीईईएनको बैठकले कार्यदिशा निर्धारण हुने गरी टेक्निकल पेपरको तयारी गनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ललितपुर महानगरपालिकाको निम्ति बीईईएन परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने छ । आजको यो वर्कशपबाट निश्चित तवरले ललितपुर महानगरपालिकाको निम्ति र यो क्षेत्रको लागि प्रस्ट हुने गरी एउटा कार्यदिशा निर्धारण हुने गरी एउटा टेक्निकल पेपरको तयारी होस् । हामीले त्यो पेपरलाई विधिपूर्वक कार्यान्वयन गर्ने छौँ ।’

साथै, उनले कुनै पनि काम गर्दा बटम लाईन निष्कर्ष निकाल्नुपर्ने बताए । उनले महानगरपालिकाभित्र रहेका सम्पदाहरूलाई विकासको नाममा विनास गर्न नहुने बताए ।

Skip This
Skip This
Logo