दश दिनको म्याद सकिएपछि रवि लामिछानेलाई आज अदालत लगिँदै, प्रदर्शनको तयारीमा रास्वपा

दश दिनको म्याद सकिएपछि रवि लामिछानेलाई आज अदालत लगिँदै, प्रदर्शनको तयारीमा रास्वपा

केन्द्रबिन्दु
93
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः अदालत उपस्थित गराउन लागिएको छ । प्रहरीले कात्तिक २० गते पाएको १० दिनको म्याद सकिएपछि उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा उनीविरुद्धको अनुसन्धानका लागि अदालतले प्रहरीलाई गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी थप भएको उक्त म्याद सकिएको छ ।

यस्तै रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ ।

Skip This
Skip This
Logo