निवासबाटै पक्राउ परेका पूर्वमन्त्री अधिकारीले भने- अनुसन्धानलाई सघाउन हिँडे

निवासबाटै पक्राउ परेका पूर्वमन्त्री अधिकारीले भने- अनुसन्धानलाई सघाउन हिँडे

केन्द्रबिन्दु
183
Shares

काठमाडौं । नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।

आइतबार अपरान्ह विराटनगरस्थित निवासबाटै पक्राउ परेका अधिकारीले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म अनुसन्धानलाई सघाउन हिँडेको हुँ ।’

अधिकारीलाई आजै काठमाडौँ ल्याइँदै छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरि अहिले अपराह्न २ः३० बजेको समयमा अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भएको प्रहरीको भनाई छ ।

यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएका प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालयले पनि पक्राउ पुष्टि गरेको छ ।

यसैगरी अधिकारीलाई नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

Skip This
Skip This
Logo