नेपाली कांग्रेसले नेविसंघको तदर्थ समिति गठन गर्ने भएपछि अध्यक्ष नैनसिंह महरले राजीनामा दिने भएका छन्।
जारी कांग्रेस केन्द्रीय समितिको बैठकले तदर्थ समिति गठन गर्ने तयारी गरेको हो। महराले पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठकमा राजिनामा बुझाउन लागेको बताइएको छ ।
नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्नका लागि केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ । नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउन लागिएको छ। संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तर्दथ समितिमा जोड दिएपछि वर्तमान कार्य समिति भंग हुन लागेको हो।





























प्रतिक्रिया