मनाङेलाई सीआईबीमा उपस्थित गराइयो

मनाङेलाई सीआईबीमा उपस्थित गराइयो

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । काठमाडौँको सानोभर्‍याङबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उपस्थित गराइएको छ ।

उनलाई सीआईबीमा उपस्थित गराएपछि अदालत लगेर जेल पठाइने छ ।

यही कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे पक्राउ परेका हुन् । सर्वोच्चले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष सजाय तोकेको थियो ।

Logo