काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज पनि बयान लिइने भएको छ । पोखराबाट मंगलबार भैरहवा ल्याइएका लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बिहान १० बजेदेखि आज पनि बयान लिइने भएको हो ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरुको टोलीले बयान लिइरहेको छ । पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ।





























प्रतिक्रिया