झापा ।
राजसंस्था, हिन्दुराष्ट्र स्थापना र संघीयता खारेजीको माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हजारौँ युवालाई सडक प्रदर्शनमा उतारेको छ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंङ्देनले यो कास्टिङ मात्र भएको बताए । काँकडभिट्टाबाट सुरु भएको र्यालीलाई विर्तामोडमा सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी छ।’
नेता लिङ्गदेनले प्रधानमन्त्री केपी ओली मात्र नभएर अहिलेको व्यवस्थानै असफल भएको आरोप लगाएका छन् । उनले नेकपा अध्यक्ष ओली र प्रचण्ड जनताको भविष्य बर्बाद पार्न लागेको आरोप लगाए ।
‘यो देश अहिलेको व्यवस्थाले बिग्रियो भने केपी ओली र प्रचण्ड लगायतका नेतालाई केही फरक पर्दैन’, उनले भने, ‘जनताको वर्तमानदेखि भविष्यसमेत बर्बाद पार्ने सुरमा नेता लागेका छन्।’
लिङ्गदेनले अब राजसंस्था र हिन्दुराष्ट्र सबैको साझा भएको बताए । ‘हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने नभएकाले सबै नेपालीलाई बाध्ने एक मात्र शुत्र हिन्दुराष्ट्र हो’, उनले भने।
शनिबार दिउसो ३ बजे काँकडभिट्टाबाट सुरु भएको प्रदर्शनमामा १५ वटै स्थानीय तहबाट राप्रपाका कार्यकर्ता काँकडभिट्टामा भेला भएका थिए । मोटरसाइकल र्यालीमा सहभागी सबैले ‘राजा आऊ देश बचाऊ, नारायणहिटी दरबार खाली गर’ लगायत नारा लगाएका थिए ।
राप्रपाका अर्का नेता राम थापाले अहिलेका नेता अपराधी भएको बताउँदै राप्रपाबाहेक अन्य दलका सबै नेतालाई कारागार पठाउनु पर्ने बताए ।अन्नपूर्णबाट





























प्रतिक्रिया