प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ- ‘मेरो जिब्रो चिप्लिएको छैन’

प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ- ‘मेरो जिब्रो चिप्लिएको छैन’

केन्द्रबिन्दु
0
Shares

भेनेजुयला प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहालले खण्डन गरेका छन्।

नेपालका लागि अमेरिकी राजदूतसँग र्‍याण्डी बेरीको भेटमा प्रधानमन्त्री ओलीले दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने बताएका थिए । तर अध्यक्ष दाहालले आज चितवन पुगेर प्रधानमन्त्री ओलीको सो अभिव्यक्ति प्रति खुला असन्तुष्टी जनाउँदै आफ्नो विज्ञप्तिकै मर्म अनुसार नेपाल सरकार र पार्टी सचिवालयले पनि विज्ञप्ति निकालेको भन्दै त्यसमा कुनै विवाद गर्नु नपर्ने बताएका हुन् ।

गत माघ ११ गते नेकपाका अध्यक्ष दाहालले एक विज्ञप्ती जारी गरेर भेनेजुयलामा अमेरिकाको हस्तक्षेप गरेको भन्दै विरोध गरेका थिए  । बिज्ञप्तिसंगै नेपाल र अमेरिकाबिचको सम्बन्ध चिसिएको छ ।

Logo