भेनेजुयला प्रकरणमा किन विवादमा परे, प्रचण्ड ? (भिडियोमा)

भेनेजुयला प्रकरणमा किन विवादमा परे, प्रचण्ड ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा कतैबाट पनि हस्तक्षेप नहोस् भन्ने उद्देश्यका साथ आफूले भेनेजुयला प्रकरणमा वक्तव्य दिएको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सो वक्तव्यबारे असन्तुष्टि जनाईरहेका बेला अध्यक्ष दाहालले बिहीबार भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ पार्टीको सचिवालय बैठक र परराष्ट्र मन्त्रालयले समेत सोही स्पिरिटको वक्तव्य जारी गरीसकेकाले त्यसमा अरुका व्यक्तिगत कुराले केही अर्थ नराख्ने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले बुधबार राति टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ मा दाहालको भेनेजुयलासम्बन्धि वक्तव्यमा ‘अलिअलि चिप्लिएको’ भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।

जवाफमा अध्यक्ष दाहालले प्रधानमन्त्रीले कुन अर्थमा सो कुरा भन्नु भएको हो आफूलाई थाहा नभएको उल्लेख गर्दै त्यस सम्बन्धमा पार्टीको सचिवालय बैठकबाट पनि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्ने वक्तव्य आईसकेकाले त्यसमा व्यक्तिले के भन्छ भन्ने कुराको कुनै अर्थ नरहने पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले पार्टी संगठन एकीकरणका सबै काम फागुन पहिलो हप्ता भित्र सम्पन्न भईसक्ने र त्यसपछि पार्टीले देशभर फागुन र चैत्रमा जनअभियान संचालन गर्ने पनि बताए । उनले सरकारको कामले गति पक्रन लागेको पनि बताए ।

सरकारले जनताको पक्षमा नयाँ–नयाँ कार्यक्रम घोषणा गर्दै गएको र विकास निर्माणका कामले पनि गति पक्रन लागेको अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले सरकारले विकास निर्माणको कामलाई छिट्टै तीव्रता दिने विश्वास पनि व्यक्त गरे ।

Logo