विप्लव पार्टीद्धारा २४ गते शैक्षिक हड्तालको घोषणा

विप्लव पार्टीद्धारा २४ गते शैक्षिक हड्तालको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शैक्षिक हड्तालको घोषणा गरेको छ । आफ्नो नेता तथा कार्यकर्ता पक्राउको विरोधमा अखिल (क्रान्तिकारी) ले माघ २४ गते शैक्षिक हड्तालको घोषणा गरेको हो ।

एनसेलको करछलीविरुद्ध विरोध प्रदर्शनको क्रममा केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) ले शैक्षिक हड्तालको घोषणा गरेको हो ।

अखिल (क्रान्तिकारी) द्धारा जारी गरिएको विज्ञप्तीमा पक्राउ परेका विश्वकर्मालाई झुठा मुद्दा लगाएको तथा अन्य जिल्लाहरुमा पनि गिफ्तार गर्ने क्रम जारी रहेको छ । पक्राउ परेका नेता तथा कार्यकर्तालाई विनाशर्त रिहा गर्न माग गरेको छ ।

राज्यद्धारा गरिएको गिरफ्तारी, धरपकड, झूठो मुद्दा, नागरिकको बोल्न पाउने अधिकारको हनन भईरहेको भन्दै अखिल (क्रान्तिकारी) ले शैक्षिक हड्ताल कार्यक्रम राखेको जनाएको छ । बन्दको अवज्ञा गरेको खण्डमा हुन जाने क्षतिले स्वयं जिम्मेवार हुनुपर्ने अखिल (क्रान्तिकारी) ले चेतावनी दिएको छ ।

शैक्षिक हड्तालमा समर्थन गर्न अखिल (क्रान्तिकारी) महाकाली क्षेत्रीय समन्वय समितिले सबैमा अपिल गरेको छ । संयोजक विरेन्द्र शाहद्धारा जारी गरिएको विज्ञप्तीमा बन्दको समर्थन गर्न अपिल गरेका हुन् ।

Logo