काठमाडौँ । नेकपा एमालेका महासचिव शंखर पोखरेलले एमालेलाई निशाना बनाइएको बताएका छन् ।
आज काठमाडौँमा आयोजित जागरणसभामा बोल्दै महासचिव पोखरेलले एमालेलाई समाप्त पार्नका लागि अनेक निशानाहरू भइरहेको बताएका हुन् ।
महाकाली सन्धिका नाममा पार्टीलाई विभाजन गर्न खोजिएको उल्लेख गर्दै उनले अहिले पनि पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रपञ्चहरू जारी रहेको दाबी गरेका छन् ।
जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले जनताको पार्टी भएकाले जनतामा गएर पार्टीविरुद्ध खडा गरिएका भ्रमहरूलाई चिर्न खोजिएको बताएका छन् ।
एमाले देश बनाउने अभियानमा रहेको आम जनताले बुझ्नुपर्ने बताउँदै उनले नेपालीको आवश्यकता र आकांक्षा पूरा गर्नका लागि ठूलाठूला आयोजना आफूहरूले नै अघि बढाएको दाबी गरेका छन् ।





























प्रतिक्रिया