काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरूसँगको सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन् ।
शनिबार क्षेत्रपाटी अस्पतालले आयोजना गरेको विद्युतीय सवारीसाधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्ता विद्युतीय सवारीसाधन हस्तान्तरणले नै मित्र राष्ट्रहरूसँग सम्बन्ध सुमधुर हुने बताएका हुन् ।
उनले भने, ‘ मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरूसँग सम्बन्ध समधुर हुन्छ । हामी यसरी नै मित्रराष्ट्रहरूसँग सम्बन्ध सधैँ अगाडि बढाउन चाहन्छौँ ।’
साथै उनले क्षेत्रपाटी अस्पतालले १३ वर्षसम्म यो क्षेत्रका टोलबासीहरुलाई गौरवको महसुस गराएका समेत बताए ।































प्रतिक्रिया