काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।
विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएपछि अदालतमा पेस गरिएको हो ।
प्रसाईंमाथि अनुसन्धानका लागि अदालतले बुधबार प्रहरीलाई पाँच दिनको म्याद दिएको थियो । त्यो सकिएपछि आज पुनः म्याद थप्न लागिएको बताइएको छ ।





























प्रतिक्रिया