काठमाडौँ महानगरले तोकेको जरिवाना एमालेले नतिर्ने

काठमाडौँ महानगरले तोकेको जरिवाना एमालेले नतिर्ने

केन्द्रबिन्दु
75
Shares

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाले तोकेको जरिवाना नतिर्ने जनाएको छ । महानगरले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको बताउँदै नेकपा एमालेले त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने जनाएको हो ।

काठमाडौँको दरबारमार्गमा मंसिर ७ गते सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तर सभा सकिएलगत्तै फोहोर आफैँ सफा गरेकाले महानगरपालिकाले सामाजिक सञ्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको एमालेको भनाइ छ ।

एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

महानगरपालिकाले नेकपा एमालेलाई तोकेको एक लाख जरिवानाको पत्र पार्टी कार्यालयमा पुर्‍याउने भएको छ । गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवाना गराएको थियो ।

Logo