कांग्रेसको पक्षमा मतदान गर्न महामन्त्री शर्माको आग्रह

कांग्रेसको पक्षमा मतदान गर्न महामन्त्री शर्माको आग्रह

केन्द्रबिन्दु
45
Shares

सुनसरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

यही मङ्सिर १६ गते गढी गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचन प्रचारमा आइपुगेका उनी घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।

कांग्रेस विजयी भएमा जनताको समस्या समाधान हुने उनले दाबी गरे । कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो र संस्थागत हुने भएकाले कांग्रेसको जीत आवश्यक रहेको उनको भनाइ थियो ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीसहितका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Logo