काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा छलफल गर्न सरोकारवालाई आज छलफलमा बोलाएका छन् । छलफल बिहान ११ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीलाई छलफलका लागि बोलाएका छन् । आफ्नो चीन भ्रमणमा उठाउने एजेण्डा र छलफलका विषयमा प्रधानमन्त्री ओलीले विज्ञसँग छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्री ओली यही मंसिर १७ देखि पाँच दिनका लागि चीन भ्रमणमा जाने तयारीमा छन् ।































प्रतिक्रिया