रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह

रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन सचेत हुनुपर्ने बताएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन लागिरहेको दोस्रो चरणको सुविधा सम्पन्न आधुनिक भवनको आज शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर समय दिनुपर्ने उल्लेख गर्दै रोग लाग्नु अगाडि नै समयसमयमा ल्याब परीक्षण गरेर स्वास्थ्यका बारेमा चासो दिनुपर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, “स्वास्थ्य भन्ने कुरा आफू वा आफ्नो परिवारमा कोही बिरामी नपरी नबुझिने रैछ, आफैँ बिरामी भएपछि मात्रै भोग्नुपर्ने समस्याका बारेमा राम्रैसँग थाहा हुँदोरैछ, परिवारमा कोही बिरामी परेपछि कति पीडा, चिन्ता र समस्या हुन्छ भन्ने बुझिँदो रैछ, त्यसैले रोग लाग्नु अगाडि नै सचेत हुनुपर्ने रहेछ ।”

उनले नेपाल र कोरियाबीचको सम्बन्ध राम्रो रहेको जनाउँदै यो अस्पतालले अझै भूमिका खेलेकाले अस्पतालले दिने सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए ।

Logo