रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले काँग्रेस र एमालेसँग आफूहरुको बाटो फरक भएको बताएका छन् ।
पार्टीको तेश्रो रोल्पा नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले ०६२ ०६३ को आन्दोलनअघि निरंकुशताविरुद्धको आन्दोलनका लागि १२ बुँदे सहमतिबाट सुरु भएको दुई दलसँगको सहकार्य संविधान निर्माणपछिको ९ वर्षमा कमजोर भएको बताएका हुन् । काँग्रेस-एमालेले गणतन्त्रलाई सीमित बिचौलिया, दलाल र भ्रष्टहरुको मात्र सीमित गर्ने कोसिसमा र आफूहरु बहुसंख्यकको गणतन्त्र बनाउने प्रयासमा रहेको उनको भनाइ थियो ।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारी र तस्करहरुलाई नियन्त्रण गर्न थालेपछि काँग्रेस एमाले अप्रत्याशित रुपमा मिलेको पुनले बताए । काँगेस एमालेलाई पुराना संसदवादी दलको संज्ञा दिँदै उनले काँग्रेस-एमाले एउटा कित्ताका र आफूहरु अर्को कित्ताको भन्ने जनताले स्पष्ट रुपमा बुझेको दाबी गरे ।
‘हामी एउटा कित्ताका र काँग्रेस एमाले अर्को कित्ताका हुन् भन्ने जनताले बुझेका छन’,पुनले भने,‘काँग्रेस एमालेको भ्रष्टाचार र बेथितीका कारण जनता हामीतर्फ आकर्षित भएका छन् । अहिलेको सरकारको नृेतृत्वसँग असन्तुष्टि र हामीसँग आकर्षण सँगसँगै बढेको छ ।’
सुशासनका लागि भ्रष्टाचार र अनियमितताविरोधी अभियान थालेपछि काँग्रेस एमाले बिच्किएको भन्दै उनले काँग्रेस र एमालेसँग त्यही बिन्दुबाट बाटो फरक भएछि सरकार ढलेको बताए ।































प्रतिक्रिया