कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

आज बसेको  प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरुद्ध गरेको छ।

कांगेसले डा. गोविन्द केसीको जीवन रक्षा लगायतका माग राख्दै संसद अवरुद्ध पारेको हो  । सभामुख कृष्णबहादुर महराले अर्काे बैठक माघ २० गते आइतबार दिउँसो तीन बजेका लागि बोलाएका छन् ।

राष्ट्रिय चिकित्सा विधेयकको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसद र राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्दै आएको छ। कांग्रेसले गोविन्द केसीसँग भएका सहमतिबमोजिम चिकित्सा शिक्षा विधेयक अघि बढाउनुपर्ने माग गरेको छ।

Logo