गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी

गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेसको उम्मेदवार विजयी

केन्द्रबिन्दु
99
Shares

चन्द्रपुर(रौतहट)। रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा(एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन्।

हिजो(आइतबार)सम्पन्न उपनिर्वाचनमा उनले छ सय ५५ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याएका थिए भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याएका जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए। यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएका थिए।

यसैबीच ईशनाथ नगरपालिका वडा –७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले बजरङ्गीप्रसाद यादवले छ २७ मत प्राप्त गरी विजयी भएका छन्।

उनका प्रतिष्पर्धि एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गरेकाे निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिए।

Logo