काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाल विद्यार्थी संघ पशुपति क्याम्पसका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।
आइतबार बिहान उनीहरुले क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको विद्यार्थी नेता मनोज वैद्यले जानकारी दिए । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेविसंघले सरकार विरुद्ध चर्को नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहन गर्नुका साथै उनीहरले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् । शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपछि नेपाली कांग्रेस विरोधमा उत्रिएको छ । कांग्रेसको विरोध तथा चर्को नाराबाजीकाबीच विधेयक पारित भएको थियो ।
यसैगरी शनिबार प्रधानमन्त्री विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक सभामा भाग लिएर स्वदेश फर्कदै गर्दा नेविसंघका विद्यार्थीहरुले त्रिभुवन विमानस्थलको आन्तरिक उडानको पार्किङमा नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए । कालोझण्डा देखाउने क्रममा प्रहरीले केही विद्यार्थी नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।





























प्रतिक्रिया