संघीय सरकारले ल्याएको प्रहरी विधेयक नमान्ने प्रदेश २ का मुख्यमन्त्रीको चेतावनी

संघीय सरकारले ल्याएको प्रहरी विधेयक नमान्ने प्रदेश २ का मुख्यमन्त्रीको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको प्रहरी परिचालन र आन्तरिक सुरक्षासम्बन्धि विधेयक मान्य नहुने चेतावनी दिएका छन् ।

संघीय सरकारले प्रमुख जिल्ला अधिकारीले नै प्रहरी परिचालन गर्नेगरी सो विधेयक ल्याएकोमा मुख्यमन्त्री राउतको आपत्ति छ । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारसँग समानान्तर गतिविधि हुनेगरी संघीय सरकारले प्रमुख जिल्ला अधिकारमार्फत् शासन चलाउने कोशिस गरिरहेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

संविधान र प्रचलित कानुन विपरित संघीयतालाई समाप्त पार्नेगरी आएको सो विधेयक प्रदेश २ को सरकारलाई स्वीकार्य नहुने मुख्यमन्त्री राउतको चेतावनी छ ।

मुख्यमन्त्री राउतले माघ पछि जन्मने सबै बालिकाहरुलाई एक लाखको बिमा गरिदिने प्रदेश सरकारको योजना पनि सार्वजनिक गरे । उनले बालिकाहरुलाई उचित शिक्षाको व्यवस्था गर्न पनि प्रदेश सरकारले भर्खर जन्मेका शिशुलाई बिमा गरिदिने योजना सार्वजनिक गरेको स्पष्ट पारे ।

बीस वर्ष पूरा भएपछि झिक्ने व्यवस्थासहितको सो बिमाले २० वर्षअघि कम उमेरमै विवाह गर्ने सामाजिक कुरुतिको पनि अन्त्य हुने मुख्यमन्त्री राउतको विश्वास छ ।

फागुनको पहिलो साता सुरु हुने सो बिमा योजना यही माघपछि जन्मने बालिकाहरुलाई प्रदान गरिनेछ । पहिलो चरणमा प्रदेश भित्रका ८ वटै जिल्लाका २/२ वटा पालिकामा प्रारम्भ हुने सो कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री राउतले स्रोत, साधन र कर्मचारीको अभावमा प्रदेश सरकारले सोचे अनुसार काम गर्न नसकेको बताए ।

Skip This
Skip This
Logo