प्रधानमन्त्रीले विमानस्थलबाटै भने, ‘धेरै उत्तेजित नहुनुहोस’ (भिडियोमा)

प्रधानमन्त्रीले विमानस्थलबाटै भने, ‘धेरै उत्तेजित नहुनुहोस’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्याण्डमा आयोजित विश्व आर्थिक मंचको ४९ औं बैठकमा सहभागी भई शनिबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री ओली नेपालकोतर्फबाट पहिलो पटक विश्व आर्थिक मंचको बैठकमा सहभागी भएर शनिबार बिहान स्वदेश फर्कनु भएको हो ।

त्यस अवसरमा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ आफू सो भ्रमणबाट सन्तुष्ट भएको बताए । उनले विश्व आर्थिक मंचजस्तो विश्व दृष्टिकोण बुझ्न पाउने सो संस्थाको बैठकमा सहभागी भएर आफूले नेपालको आर्थिक, सामाजिक विकासको नीति तथा दृष्टिकोण प्रस्तुत गरी विश्वबाटै नेपालमा लगानी भित्रयाउन पहल गरेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले संविधान, कानून र संस्थाभन्दा माथि कोही नहुने दावी गरे । आफू स्विजरल्याण्ड गएपछिको राजनीतिक घटनाक्रमबारे आफू जानकार रहेको उल्लेख गर्दै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक देशको हितलाई सर्वोपरी राखेर संविधान, कानुनसम्मत ढंगले पारित गरिएको उल्लेख गर्दै सो घटनालाई लिएर उत्तेजित नहुन पनि सम्बन्धित पक्षलाई आग्रह गरे ।

अनसनरत डा. गोविन्द केसीसँग गरिएको सहमति विपरित सो विधेयक पारित गरियो भनि राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले तर्क र तथ्यको आधारमा देशको हितमा काम गरिएको बताए ।

विपक्षीको विरोधका बाबजुद पनि सो विधेयक पारित गर्नु स्वभाविकै भएको बताए । लोकतन्त्रमा विरोध हुनुलाई स्वभाविकै रुपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

Skip This
Skip This
Logo