आवेश र उत्तेजना होइन देशको हितमा सोचौँ- प्रधानमन्त्री

आवेश र उत्तेजना होइन देशको हितमा सोचौँ- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर स्वदेश फर्केका प्रधानमन्त्री केपी ओलीले आवेश र उत्तेजनामा नआई देशको हितमा सोच्नुपर्ने बताएका छन्।

सञ्चारकर्मीले डा. गोबिन्द केसीको माग र चिकित्सा विधेयक विषयमा प्रश्न सोध्दा  घुमाउरो शैलीमा डा. केसीलाई आवेश र उत्तेजनामा नआउन सुझाएका हुन्।  ओलीले सबैले आ-आफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘संविधान, कानून र संस्थाहरुभन्दा माथि कोही छैन । सबैले यसलाई मर्यादा गर्न सिक्नुपर्छ ।’

संसदमा विपक्षी दलको विरोधका वावजुत विधेयक पारित भएको विषयमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा यस्तो हुनु स्वाभाविक हुने भन्दै उधुम विषय नभएको प्रतिक्रिया दिए ।

 

विमानस्थलमा प्रधानमन्त्रीलाई कालो झण्डा

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Logo