देउवाको चेतावनी, ‘अब सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन चर्काउछौं’

देउवाको चेतावनी, ‘अब सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन चर्काउछौं’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो नाराबाजीसहितको अवरोधका बीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पारित गरेकोमा आपत्ति जनाउँदै सरकार र सभामुखप्रति आक्रोश व्यक्त गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सो विधेयक पारित गराएर कम्युनिष्ट अधिनायकवादी चरित्र देखाएको भन्दै आपत्ति जनाए ।

विधेयक पारित भएपछि संचारकर्मीमाझ उनले जबरजस्ती विधेयक पारित गराएर सभामुख कृष्णबहादुर महराले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । सभामुखजस्तो निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुखले जब्बरजस्ती सो विधेयक पारित गराएको सभापति देउवाको आरोप छ ।

सभापति देउवाले आफूहरुको विरोधकाबीच विधेयक पारित गराएको र आफ्ना नेताहरुको नाममा स्थापना गरिएको अस्पताल खारेज गर्ने तयारी गरेको भन्दै त्यसको विरोधमा सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट आन्दोलन चर्काउने चेतावनी दिए ।

Logo