डा. केसीको समर्थनमा प्रदर्शन गर्ने उज्जवल थापासहितका नेताहरु पक्राउ

डा. केसीको समर्थनमा प्रदर्शन गर्ने उज्जवल थापासहितका नेताहरु पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको माग बमाजिम चिकित्सा शिक्षा विधेयक पारित गर्ने दबाब दिन पुगेका विवेकशील नेपाली दलका संयोजक उज्ज्वल थापासहित चार दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो संसद भवन अगाडि ‘भोट बेच्न पाइँदैन माफियामुखी ऐन चाहिँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका संयोजक थापासहित ३० जनाभन्दा बढी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विवेकशीलका संयोजक उज्वल थापा, मिलन पाण्डे, शशी विक्रम कार्की अजिता राई लगायत रहेका छन् ।

डा. गोविन्द केसी आफूसँग भएको सहमति अनुरुप विधेयक पारित गराउनु पर्ने माग राख्दै १६ दिनदेखि आमरण अनशन बसिरहेका छन् । सरकार चिकित्सा शिक्षा विधेयकलाई संसदबाट पारित गराउने तयारीमा छ ।

Logo