काठमाडौं । संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार बसेको बैठकले राजदूतमा सिफारिस तीन जनाको सुनुवाइपछि नाम अनुमोदन गरिएको हो ।
अनुमोदन हुनेमा कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिका लागि मणिप्रसाद भट्टराई रहेका छन् । अब उनीहरुलाई सम्बन्धित देशको एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछिन् ।





























प्रतिक्रिया