संसदमा मंगलबार मुठभेड हुने संकेत देखिएको छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा सत्ताधारी सांसदहरुले चिकित्सा शिक्षा विधेयक २०७५ पारित गर्ने तयारी गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने त्यसलाई जसरी पनि रोक्ने तयारी गरिरहेको छ।
सत्ताधारी र प्रतिपक्षी दुबैको आफ्नै जबर्जस्ती तयारीका कारण संसदमा मुठभेडको सम्भावना देखिएको हो। सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।
मंगलबारको बैठकका लागि सत्ताधारी र प्रमुख प्रतिपक्षी दलले आफ्ना सांसदहरुलाई अनिवार्य संसदमा उपस्थितिका लागि ह्विप जारी गरेका छन् । यसरी जवरजस्ती गर्न खोजिँदा मुठभेड बढ्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाइने संसद सचिवालयले जनाएको छ । काँग्रेस सांसदहरुले यसरी जबरजस्ती विधेयक पारित गर्न खोजेर मुठभेड निम्त्याउन खोजे संसद्को सीमाभित्र रहेर प्रतिरोध गर्ने जनाएका छन् ।
उता १४ दिनदेखि आमरण अनसनरत सत्याग्रही डा गोविन्द केसी फेरि गम्भीर बिरामी परेका छन् । आमरण अनसनको १४ दिनसम्म पनि सरकारले डा केसीसंग अनौपचारिक वार्ताको समेत पहल गरेको छैन । डा केसीले पन्ध्रौं सत्याग्रहका बेला गत साउनमा सरकारले गरेको सम्झौताको अक्षरस पालना गरेपछि मात्र अनसन तोड्ने बताएका छन् ।































प्रतिक्रिया