विश्वप्रकाश शर्माले घरमै पुगेर भेटेपछि निर्मलाकी आमाको यस्तो प्रतिक्रिया

विश्वप्रकाश शर्माले घरमै पुगेर भेटेपछि निर्मलाकी आमाको यस्तो प्रतिक्रिया

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमासँग भेट गरेका छन् । सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामस्थित घरमा पुगेर प्रवक्ता शर्माले आमा दुर्गादेवीसँग भेट गरेका हुन् ।

भेटपछि शर्माले नेपाली कांग्रेसले निर्मलाको न्यायका लागि सडक र सदन दुवै क्षेत्रबाट आन्दोलन गरेर सरकारलाई दवाव दिने बताएका थिए । निर्मला हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन कांग्रेसले दबाब दिँदैं आएको बताए ।

‘निर्मला प्रकरणको अनुसन्धान गर्न कांग्रेस सदन र सडकबाटै शसक्तरूपमा अघि बढ्छ’ उनले भने, ‘घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट अनुसन्धान थाल्नुपर्छ ।’ भेटमा निर्मलाकी आमा दुर्गादेवीले सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरेकी थिईन् ।

भेटका क्रममा प्रवक्ता शर्माले निर्मला तपाईको मात्र नभएर नेपालकै छोरी भएको बताउँदैं न्याय नपाएसम्म कांग्रेसले आन्दोलन गरिराख्ने बताएको दुर्गादेवीले बताईन् ।

अझै छोरीले न्याय पाउँछन् की भन्ने झिनो आश कायमै रहेको बताउँदैं उनले भनिन्, ‘भेट्न धेरै नेतादेखि सरकारी कर्मचारीहरु समेत आए । तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । अब पत्ता लाग्छ कि लाग्दैन् ।’

तस्बिरः रासस

Logo